१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अष्टलक्ष्मी शाक्य बनिन् पहिलाे महिला मुख्यमन्त्री


0
Shares

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाउनुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।

मुख्यमन्त्री शाक्यले बुधबारनै दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्री सिफारिश गरी प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरेका थिए ।