
एजेन्सी । तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ ।
घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ ।
आफु अफ्गानिस्तान फर्किनको लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गर्नुभयो । आफुले अफ्गानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षिय घानीले अस्विकार गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्