१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।