२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


रसुवामा पहिरोले घर पुरिंदा एकै परिवारका चार जना बेपत्ता, एकको घाइते अवस्थामा उद्धार


0
Shares

काठमाडौं । दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एउटा घर पहिरोले पुरिंदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिएको र गलानको परिवारका चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको वेपत्ताको खोजी भईरहेको पनि जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।