८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर


0
Shares

काठमाडौँ । नेपालको सबै भन्दा पुरानो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय र ईजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल÷ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको जानकारी दिनुभयो ।

ईजरायलको तेल तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भएको उक्त समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिवलाल भुसाल र ईजरायलको तर्फबाट तेल तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको शाक्यले जानकारी दिनुभयो ।

‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ । यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय÷विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने छ ।’
त्रिभूवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरुबिच अनुभवन आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

‘इजरायलका लागि नेपालका राजदूतज्युको विशेष सक्रियतामा हामीले यो सम्झौता गरेका हौँ,’ भुसालले भन्नुभयो, ‘यो सम्झौताले अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपद् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उहाँका पनि प्राध्यापक विद्यार्थीबिच अनुभव आदन–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्ने छ । यो सकारात्मक काम हो ।’

सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र समेत प्रकाशित गरिएको थियो ।

समझदारीपत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल अभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागका प्रमुख डा। बु्ररिया एडिनीले हस्ताक्षर गर्नुभएको थियो ।