२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


रसुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता (अपडेट)


0
Shares

सुसिल कोइरला
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । मृत्यु हुनेमा ३२ वर्षीय कमला तामाङ रहेकी छिन् ।

अविरल वर्षाका कारण सडक माथिबाट पहिरो जाँदा बाहिर सुतिरहेका ३५ वर्षीय बुद्धि तामाङ घाइते भएका छन् । रातिको समयमा घर पुरिँदा बुद्धि तामाङको श्रीमतीको ज्यान गएको र दुई जना छोरी तथा एक जना छोरा अझै बेपत्ता रहेका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

बेपत्ता हुनेमा ११ वर्षीय छोरी सोकिता, ८ वर्षीय छोरी सुकुमाया र ७ वर्षीय छोरा आसिस रहेका छन् । पहिरोमा घाइते भएका बुद्धि तामाङलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।