
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा भेटवार्ता भएकाे छ ।
बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल र नेपालको भेटवार्ता भएको हो । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् । नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ ।
नेपालकै निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्