१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कास्कीमा निषेधाज्ञामा कडाइ, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू


0
Shares

काठमाडौं । कास्कीमा कोरोना संत्रमण दर तीब्र भएपछि निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ ।

हिजो बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गर्दै सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

गत असार १४ गते हटाइएको जोरबिजोर प्रणाली पुनः लागू गरिएको हो । यस्तै होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङलाई पनि रोक लगाइएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थालाई सकेसम्म घरबाटै वा सीमित कर्मचारी राखेर सेवा दिन भनिएको छ । तर पोखरा उपमहानगरपालिकाका ६ वटा वडाले बैंक तथा वित्तिय संस्था खोलेर काम गर्न बन्देज लगाएका छन् ।

विभिन्न विश्वविद्यालय तथा आयोगहरुले लिईरहेको पूर्व निर्धारित परीक्षा नरोक्ने र नयाँ परीक्षाको कार्यक्रम ल्याउन नदिने निर्णय पनि भएको छ ।

बुधबारसम्म गण्डकी प्रदेशमा ५ हजारभन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका छन् भने सबैभन्दा बढी प्रभावित जिल्ला कास्की रहेको छ । कास्कीमा कोरोना संक्रमणबाट अहिलेसम ५ सय २० जनाको मृत्यु भइसकेको छ । उ

ता, बाग्लुङमा बैंक तथा वित्तीय संस्थासमेत खोल्न नपाउने गरी निषेधाज्ञामा कडाई गरिएको छ ।

यता, तनहुँको शुक्लागण्डकी नगरपालिकाले बैंक तथा वित्तिय संस्थाका कर्मचारीमा कोरोना संक्रमण बढेको भन्दै बैंक तथा वित्तिय संस्था खोल्न रोक लगाएका छन् ।