
डोलराज रानाभाट
चितवन । चितवनको देवघाटमा बनाउने भनिएको विद्युतीय शवदाह गृह निर्माणमा ढिलाई भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले शवदाह गृहको निर्माणको म्याद गुज्रिनै लाग्दा बल्ल काम शुरु गरेको छ ।
काठमाडौंको पशुपति पछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ चितवनको देवघाट हो भनिन्छ । जसले गर्दा भरतपुर महानगरपालिका र देवघाट क्षेत्रविकास समितिको समेत पहलमा विद्युतीय शवदाह गृह निर्माणको प्रकृया अघि बढेको थियो ।
संघीय सरकारको बजेटबाट वन्ने यो शवदाह गृह निर्माण गर्न १२ करोड रुपयाँ लाग्ने अनुमान गरीए पनि मिलिनियम शिद्धगढी जेभिले ९ करोड ९२ लाख रुपयाँमा निर्माण गर्नेगरी ३ बर्ष अघि सम्झौता गरेको थियो । सम्झौता अनुसार एक बर्ष अघिनै सम्पन्न गरी संचालनमा आइसक्नुपर्ने हो । तर, कोरोनाको कारण देखाउँदै निर्माण कार्य कछुवाको गतिमा भएको देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरेको आरोप छ ।
निर्माणमा ढिलाई भएका कारण अहिले पनि दाउराको प्रयोगबाट शव जलाउने गरिन्छ । कोभिडको समयमा एकै दिनमा ४० वटा शव दाहसंस्कारका लागि ल्याईदा भ्याईनभ्याई थियो । कोभिड १९ संक्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको छ । दाउराको अभाव भई रहेको अवस्थामा विद्युतीय शवदाह गृह निर्माण चाडै भई दिए राहत पुग्ने स्थानियसबासिन्दाको भनाई छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण कार्यमा ढिलाई भएको स्वीकादै चाँडै निर्माण सक्न ठेकेदार कम्पनीलाइ लिखित निर्देशन दिईसकेको छ । निर्माण स्थल नारायणी नदी नजिकै रहेकाले बाढीका कारण निर्माण कार्यमा समस्या भई रहेको कार्यलयका प्रमुख इन्जिनियर प्रकाश अर्यालको भनाई छ ।
६ सय वर्ग मिटरमा निर्माण हुने शवदाह गृहमा दुई वटा मेशीन जडान हुने र एकै पटक दुई वटा शवदाह गर्न सकिने सुविधा हुनेछ । अहिलेको समस्यालाई मध्यनजर गर्दे चाँडै क्षमता विस्तार गरी निर्माण कार्यलाई तिव्रता दिए कम्तिमा मृत्युपछि पनि लाइनमै बसेर जल्नुपर्ने अवस्था आउदैन थियो कि ?
प्रतिक्रिया दिनुहोस्