१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ किलो चाँदीसहित एक जना पक्राउ


0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले ६ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट ६ किलो १ सय ६८ ग्राम चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका साहलाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएको छ ।