१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्ने सरकारको निर्णय

श्रीकृष्ण जन्माष्टमी र गाई जात्रामा सार्वजनिक बिदा

0
Shares

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहनुभएका शर्मालाई महारथीमा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

अवकासभन्दा एक महिना पहिले बिदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदा बस्नुभएको थियो । त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ तीन वर्ष सेनाको नेतृत्वमा रहनुहुनेछ ।

सरकारले यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निणय गरेको छ । यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिने गरिएको थियो । तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि भएको छ ।

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।