२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रसुवा पहिरो अपडेट : पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु


0
Shares

रसुवा । रसुवामा पहिरोले पुरिएर एकै घरमा ४ जनाको मृत्यु भएको छ ।

नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा बुद्धि तामाङको घर पुरिँदा ३२ वर्षीय श्रीमती कमला, ११ वर्षीय छोरी सोकिता, ८ वर्षीय छोरी सुकुमाया र ७ वर्षीय छोरा आशिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मृतकहरूको शव पोष्टमार्टमका लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ ।

बाहिर सुतेका ३५ वर्षीय बुद्धि तामाङ भने गम्भीर घाइते भएका छन् । उनलाई बिहीबार बिहान त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ । ६ जनाको परिवार रहेको तामाङका अर्का छोरा मामाघरमा बस्दै आएका थिए ।

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।