१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनबाट थप आठ लाख डोज खोप आइपुग्यो, जापानबाट भदौ ५ मा सात लाख डाेज आउने


0
Shares

काठमाडौं । चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको छ ।

चीनसँग खरिद गरिएको ६० लाख डोज खोपमध्ये ८ लाख खोप नेपाल आइपुगको हो । शुक्रबार थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले जानकार दिनुभयो ।

खोप व्यवस्थापन महाशाखाका अनुसार अहिले खोप टेकु र केही विमानस्थलकै भण्डारण केन्द्रमा राखिएको छ । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार एस्ट्राजेनेका गरी कुल १ करोड ८ आठ लाख ६० हजार डोज खोप आइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।