
एजेन्सी । अफगानिस्तान पूर्ण नियन्त्रणमा लिएको तालिबानले अफगानिस्तानका अस्दाबादमा स्वतन्त्रता दिवस मनाइरहेको भिडमाथि गोली प्रहार गरेको छ ।
तालिबानको गोली लागेर दुई जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जाएका छन् । घटनामा कम्तीमा ८ जना घाइते भएका छन् । तालिबानले भने भीडमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेपछि गोली चलाएको जनाएको छ ।
पछिल्लो समय तालिबानले अफगानी नागरिकमाथिको आक्रमण तीव्र बनाएको छ । बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका नागरिकले आफुहरू असुरक्षित भएको भन्दै सुरक्षाको ग्यारेन्टीका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्