२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तालिबानद्वारा भारतसँगको व्यापार बन्द


0
Shares

एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ ।

तालिबानले सीमापारीको व्यापार बन्द गर्नेक्रममा भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरू पाकिस्तान हुँदै आवतजावत गर्दै आएका छन् ।

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।

उता चीनले भने अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने जनाइएको छ ।