१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते


0
Shares

लक्ष्मीप्रसाद सापकोटा
पर्वत । जिल्लाको जलजला गाउँपालिकामा सुख्खा पहिरोले पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

उँपालिकाको वडा नम्बर ३ वारीबेनीमा बिहीबार साँझ बस्ती माथिबाट आएको पहिरोले पुरिँदा म्याग्दीको अन्नपूर्ण गाउँपलिका–४ का टेकमान गर्बुजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको हो ।

पहिरोमा दुई वटा सवारीसाधान पुरेकाे बुढाथोकीले जानकारी दिनुभयो । पहिरोमा पुरिएका अटोवर्क सपका कामदार राजु ठाकुर र नन्की खान घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको छ ।