१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुरानै लयमा फर्किन थाल्यो विमान कम्पनीको व्यापार


0
Shares

काठमाडौं । कोरोनाका कारण थलिएको आन्तरिक विमान कम्पनीहरूको कारोबार केही हदसम्म लयमा फर्किन थालेको छ ।

कोरोनाका कारण पर्यटक आवागमनमा कमी आए पनि आन्तरिक यात्रुको संख्यामा वृद्धिभएसँगै कम्पनीहरूको व्यापारमा केही सुधार आएको कम्पनीहरूले जानकारी दिएका छन् । स्थलमार्ग भन्दा हवाईमार्ग नै सहज र कोरोनाबाट समेत सुरक्षित मानेर पनि हवाईयात्र प्रति आकर्षण बढ्दै गएको पनि बताइन्छ ।

यसरी मानिसको आवातजावत बढ्न थालेपछि विमान कम्पनी विस्तारै नाफामा जान थालेका हुन् । बुद्ध एयरले यो समयमा पर्यटकको आवागमन नहुँदा पनि कम्पनी घाटामा नगएको बताएको छ । कम्पनीले लकडाउनमा पनि घाटा व्यहार्नु नपरेको कम्पनीका निर्देशक रुपेश जोशीले बताउनुभयो ।

अन्य समयमा वार्षिक ८ अर्बको कारोबार गर्ने बुद्ध एयरले यस वर्ष भने कारोबार ६ अर्बमा सिमित रहेको जानकारी दिएको छ ।