१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जलविद्युत् कम्पनीहरूलाई विद्युत् नियमन आयोगको चेतावनी

सेयर मूल्य बढाउन अनावश्यक चलखेल गरेको आरोप

0
Shares

काठमाडौं । जलविद्युत कम्पनीहरूले भ्रमपूर्ण सूचना दिएर सेयर बजारमा अनावश्यक चलखेल गरेको भन्दै नियामक निकायले लगानीकर्ताहरूलाई सचेत गराएको छ ।

जलविद्युत नियमन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चाल्ने चेतावनी दिँदै लगानीकर्तालाई कमजोर कम्पनीहरूमा नफस्न भनेको छ ।

केहि विद्युत कम्पनीका प्रवर्द्धकले सेयर मूल्यमा अस्वाभाविक वृद्धि गराउने गरी भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ । कुनै पनि जलविद्युत कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयंले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गरी निक्र्योल गर्नुपर्नेतर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

लगानी गरेको कम्पनीले प्रतिफल दिन सक्ने नसक्ने विषयमा जानकारी राख्न पनि आयोगले आग्रह गरेको छ ।