१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद् जोगाउन दल विभाजनकाे अध्यादेश ल्याउनैपर्ने बाध्यता थियो– प्रकाशमान सिंह (अन्तर्वार्ता)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको राजनीतिक दलविभाजन सम्बन्धी अध्यादेशको बचाउ गर्नुभएको छ ।

ईमेज टेलिभिजनको कार्यक्रम हटसिटमा कुराकानी गर्दै नेता सिंहले सैद्वान्तिक रूपमा अध्यादेश ल्याउनु गलत भए पनि अहिलेको प्रतिकुल अवस्थामा संसद् जोगाउनका लागि अध्यादेश ल्याउनैपर्ने बाध्यता रहेको बताउनुभयो ।

यस्तै नेता सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिका लागि आफू दाबेदार रहेको बताउनुभयो । सभापतिमा आफ्नो दाबेदारी रहे पनि सहमति र समझदारीका आधारमा पार्टीलाई गति दिने पक्षमा आफू रहेको उहाँको भनाइ छ ।

‘सभापतिका लागि मेरो दावी स्वभाविक हो,’ उहाँले भन्नुभयो, ‘यद्यपि उपसभापति विमलेन्द्र निधि र शंसाक कोइरालासँग छलफल भइरहेको छ, तीनमध्ये एक जना सभापति उठ्ने सहमति गरेर अगाडि बढ्ने सम्भावना छ ।’

नेता सिंहले अब सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्ता हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिनुभयो । पार्टी अहिलेको अस्थीर अवस्थामा आउनुमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको ठूलो हात रहेको भन्दै अब देउवा र पौडेलले सभापतिमा लोभ नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाको असक्षमताका कारण पार्टीमा अहिलेको स्थिति सिर्जना भएको भन्दै सिंहले देउवा १३औं महाधिवेसनको असफल सभापति भएको जिकीर गर्नुभयो ।

नेता सिंहले पार्टीमा आफूलाई बाबु गणेशमान सिंहसँग जोडेर केही गर्ने नसकेको लाञ्छना लाग्ने गरेको गुनासो गर्दै आफ्नो तर्फबाट सक्ने र हुने जति देश, जनता र पार्टीका लागि गरिरहेको बताउनुभयो ।