
काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा रहेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएपछि १३ दिनदेखि भूपू गोर्खाहरुले गरिरहेको आमरण अनसन तोडिएको हो ।
समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । हिजो बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगेर दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका थिए ।
उनको लिखित पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ । वार्ता समितिले प्राविधिक कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ ।
प्रतिक्रिया दिनुहोस्