
काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
प्रदेश १, लुम्विनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्