२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पुल बनेपछि बाटो छोट्टियो


0
Shares

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई वारीपारी गर्न एक घण्टा लाग्ने बाटो अब दुई मिनेटमै पार गर्न सकिने भएको छ ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि एक करोड ३९ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुलको लम्वाई २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको छ । पुल निर्माणले बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका वासिन्दालाई आवत जावत गर्न सहज भएको छ ।