
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर(सर्वेश्वर) मन्दिरको उद्घाटन गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर्माण गरिएको छ । ६४ ज्योतिर्लिङ्गेश्वर मध्येमा पर्ने कुम्भेश्वर महादेवको दर्शन मात्र गर्नाले पनि मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्