
काठमाडौं । संसदीय समिति अन्तर्गत प्रतिनिधिसभाको अर्थसमितिका सदस्यहरूले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणको अनुसन्धानमा खेलाँची नगरी गम्भीर अध्ययन गर्नुपर्ने बताएका छन् ।
धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पदमै राखेर अनुसन्धान थाल्दा उनीहरूले चलखेल गर्दै अनुसन्धान प्रभावित हुनसक्ने भएकाले पदबाट बर्खास्त गरेर अनुसन्धान थाल्न समिति सदस्यहरूले माग गरेका छन् ।
समितिका सदस्यहरू पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरू रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ, मेटमणी चौधरीलगायतले घटनाको गम्भीर भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।
सर्वोत्तम सिमेन्ट प्राथमिक शेयर निष्काशन प्रक्रिया अघि बढाएपछि नेप्सेका साउदले श्रीमती र बोर्ड अध्यक्ष ढुंगानाले छोरीको नाममा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपबछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया दिनुहोस्