१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीका प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गर्नुभएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संखुवासभाका शर्मा माधवकुमार नेपाल निकट मानिनुहुन्छ ।

यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा पनि प्रदेश प्रमुख परिवर्तन गर्नुभएको थियो ।