१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनमा तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐन संशोधन


0
Shares

एजेन्सी । जन्मदर बढाउन चीनले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ ।

चीनको कानून निर्माताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो । चीनले गत मे महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो ।

कानूनमा सामाजिक सुधार शुल्क हटाइएको छ । सामाजिक सुधार शुल्कले तोकिएको भन्दा बढी सन्तान जन्माउँदा दम्पतीमाथि लगाइने जरिवाना शुल्क हो । कानूनमा अब सुत्केरी बिदा, महिलाको पेशाको अधिकार र बालबालिका हेरचाह पूर्वाधारमा सुधार गर्ने उल्लेख गरिएको छ ।

हालै जारी गरिएको जनसंख्या प्रतिवेदनले जन्म दरमा उल्लेख्य कमी आएको देखिएको थियो । सन् २०१६ मा मात्रै चीनले एक सन्तान नीतिलाई परिमार्जन गरी दुई सन्तानको अवधारणा ल्याएको थियो । यद्यपि जन्म दर उल्लेख्य प्रगति देखिएन ।

चिनियाँ शहरहरूमा सन्तान भरणपोषणका लागि लाग्ने खर्च चिनियाँ दम्पत्तीलाई चिन्तित बनाएको थियो ।