
फाइल तस्वीर
बैतडी । सुर्नया नदीमा बगेर शुक्रबार बैतडीका एकजना बेपत्ता भएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउँद नदीमा बगेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका हुन् ।
बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
केही दिनदेखिको लगातारको वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्