
कञ्चनपुर । नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दरबन्दी मिलानको विषयमा झडप भएको छ । झडपमा परेर दुवैतर्फ १५ भन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको विषयमा दुवै पक्षबीच कुरा नमिल्दा भडप भएको बताइएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त छ ।
प्रतिक्रिया दिनुहोस्