काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको तय गरेको छ ।
नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि शुक्रबार निवेदन दिएपछि आयोगले भदौ ९ गते विभाजित नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरू नयाँ पार्टीमा रहे/नरहेको सनाखत गर्न दुवै दललाई बोलाएको हो ।
जो–जो मानिसहरू निर्वाचन आयोगमा सनाखत गर्न जान्छन् उनीहरू नै नयाँ पार्टीका केन्द्रीय सदस्य हुनेछन् । सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्