२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओभरफ्लो भएर बग्न थाल्यो सानीगाड नदी


0
Shares

डीबी विष्ट
बझाङ । जिल्लामा पहिरोले थुनिएको सानीगाड नदी ओभरप्mलो भएर बग्न थालेको छ ।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने आठपालिचौर झारकाँडामा पहिरो सानीगाड नदी थुनिएको थियो । वडा नम्बर ७ मा रहेको महादेव माध्यामिक विद्यालय अठ्पालीको मुनिपट्टी रहेको गिठिन्नी भीरमा पहिरो जाँदा नदी थुनिएको प्रहरीले जनाएको छ ।

पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिसहित नेपाली सेनाको टोली घटना स्थलमा पुगेर नदी खुलाउने प्रयास गरिरहेको छ । पहिरोले दुई घर पुर्दा २१ वटा पशुचौपाया मरेका छन् भने नदी थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । विस्थापितहरूलाई सुरक्षित स्थानमा लगिएको छ ।