
गृष्माराज भण्डारी
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलै हालै सार्वजनिक गरेको विवरण अनु्सार हामीले पिउने जार र बोतलको पानी नै गुणस्तरहीन भएको पाइएको छ ।
विभागमा परेको उजुरी र अनुगमनको आधारमा जार र बोतलको पानी १६ प्रतिशत दुषित प्रमाणित भएको छ । जसमा पानी प्रयोग भएपछिको जारमा रहने गरेको किटाणुको लार्भाका कारण सोही जारमा पानी भर्दा थप दुषित हुने गरेको विभागका महानिर्देशक उपेन्द्र राय बताउनुहुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र उजुरीको आधारमा उपत्यकाका विभिन्न स्थानहरूमा दुषित पानीको प्रयोग भइरहेको फेला परेको हो । नेपालमा १ सय ८० वटा जार र बोतल उद्योग रहेकोमा जनशक्ति अभावका कारण सबै उद्योगमा पुग्न नसकिएको विभागको स्वीकारोक्ति छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कमा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहीन भेटिएको जनाएको हो, जुन तपाईं हामीले दैनिक रुपमा प्रयोगमा ल्याउने गरेका छौं ।
यो त भयो पानीको कुरा, अर्को अखाद्य बस्तुमा बेकरी सामान १३ प्रतिशत, दलहन जन्य पदार्थ परेका छन् । विभागले हालै गरेको १८ सय ३४ नमुना संकलनमा अधिकांश दुषित पाइएको हो । विभागले एक वर्षमा बजार अनुगमन गर्दा १ सय मुद्दा दायर भएकोमा सबैभन्दा बढी समस्या पिउने पानीमा देखिएको छ भने दोस्रोमा बेकरी तथा विस्कुट रहेका छन् ।
पानी सबैभन्दा बढी दुषित अर्थात १६ प्रतिशत, बेकरी तथा बिस्कुट १३ प्रतिशत, तेल तथा घ्यूका ११ प्रतिशत, दानाका ९ प्रतिशत, तयारी चाउचाउ ७ प्रतिशत, मसला ७ प्रतिशत, दालमोठ भुजिया ५ प्रतिशत, सस् ५ प्रतिशत, दलहनविरुद्ध ४ प्रतिशत मुद्दा दायर भएको छ ।
विभागले खाद्यान्न गुणस्तर कायम गर्नका लागि अनुगमन तीव्र बनाए पनि बजारमा म्याद गुज्रिएका खाद्यान्न भने भेटिन छाडेको छैन ।
प्रतिक्रिया दिनुहोस्