
उदयपुर । दर्ई महिनाअघि नाबालिका करणी गरी फरार रहेका उदयपुरका ६४ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
असार १२ गते अन्दाजी १० बजे त्रियुगा नगरपालिका बस्ने १० वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार आरोपितलाई शुक्रबार बिहान २ बजे त्रियुगा नगरपालिका– १५ हुवासबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
बलात्कारपछि हल्ला गरे मारिदिने धक्की दिएकाले तत्काल कसैलाई नभनेकी बालिकाले असार १५ गते अत्यधिक पीडा भएपछि आमालाई घटनाको बारेमा जानकारी दिएको प्रहरीले जनाएको छ । आमाले प्रहरीमा खबर गरेपछि प्रहरीले घटनास्थल मुचुल्का र अनुसन्धान टोली खटाएको थियो ।
पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्