२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपचारका लागि दिल्लीमा रहेका झलनाथ खनाल माधव नेपालकाे पक्षमा


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल माधव नेपाल पक्षमा खुल्नु भएको छ ।

भारतको नयाँदिल्लीमा उपचाररत खनालले शुक्रबार इलामका संञ्चारकर्मीहरूसँग अनलाइन संवाद गर्दै पार्टी पुनर्गठनको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले नेतृत्वले दक्षिणपन्थी अवसरवादको चपेटामा पार्टीलाई पुर्‍याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले फेसबुकमार्फत पनि भन्नुभएकाे छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’

समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेकाले पार्टीका सबै नेता कार्यकर्तालाई विना हिच्किचाहट पहलकदमी लिएर अघि बढ्न नेता खनालले आग्रह गर्नुभयो ।