
काठमाडौं । आगामी असोज महिनामा आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियू मैदानमा असोज ९ देखि २३ गते सम्म इपिएलको चौथो संस्करण आयोजना हुँदैछ । ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौता पत्र आदान प्रदान गरेको छ ।
एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौता पत्र आदान प्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपिएलले यसअघि नै ओएसआर स्पोर्टस्सँग सम्झौता गरिसकेको छ ।
एडप्याडले ईपीएल संस्थापक आमिर अख्तरसँग पनि सम्झौता पत्र आदान प्रदान गर्यो । त्रिवेणी ग्रुपका निर्देशक आदित्य सांघाई, ओएसआर स्पोर्ट्सका प्रबन्ध निर्देशक ओम अग्रवाल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभय गोर्खाली र एड रिलिजका दीपक कोइरालाले सम्झौता पत्र आदान प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्