१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माधव नेपाललाई साथ नदिएका नेताहरूको एकताका लागि अझै प्रयास गर्ने निष्कर्ष


0
Shares

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल पक्षलाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि अझै पनि पहल गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भेला गर्दै तेस्रो धारका नेताहरूले अहिले देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र एमालेलाई एकजुट गर्न आफूहरू लागि पर्ने बताउनुभयो ।

उहाँले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग गरेको बताउनुभयो । उहाँले पार्टी हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि उल्लेख गर्नुभयो ।