३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


देश र जनताको सेवाबाहेक मेरो अरु काम छैन, जसले पनि सदुपयोग गर्न सक्छ– अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पार्नुभयो । उहाँले जसले चाहे पनि आफूलाई सदुपयोग गर्नसक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

‘देशको, जनताको सेवा बाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो,’ उहाँले भन्नुभयो, ‘घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पा¥यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईंहरु काम लगाउनुहोस् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर वाचन गर्नुभएको थियो । शीर्षक आफैँ राख्नुहोस् भन्दै उहाँले कविता वाचन गर्नुभयो ।

इच्छुमतिको किनार,
घुमेर मिराडिल
घुम्दै आइपुगियो
यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा
गौरव र पौरख
यहीँका
डाडाँहरूका सतिदेवी
काँधमा बोकेर
शोकमग्न शिवजी
भौतारिएका थिए
यहीँ चन्द्रगिरि हुँदै
३२ सय वर्ष पहिले
चित्लाङबाट
गोपालीहरू
उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर
इच्छुमतिको किनार, घुमेर भिराडिल
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन पौरखीहरूले

अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाऊँ’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएको थियो ।