
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताउनुभयो ।
उहाँले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताउनुभयो । अध्यक्ष ओेलीले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्