
एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले जिम्मा लिएको छ । प्रहरीले भने चिनियाँ कामदार सवार तीन वटा सवारीसाधनलाई स्कर्टिङ गरिरहेको भ्यानलाई लक्षित गरी बिस्फोट गराइएको दावी गरेको छ ।
पछिल्लो समय चीनले बेल्ट एण्ड रोड परियोजनाअन्र्तगत लगानी गरेका परियोजनाा निर्माणस्थलमा विद्रोहीहरुले निशाना बनाउँदै आएका छन् । गत महिना महिना पनि पाकिस्तनी र चिनियाँ नागरिक बोकेको एउटा बसलाई उत्तरपश्चिम पाकिस्तानमा विद्रोहीले निशाना बनाएका थिए । त्यसैगरी अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तमा पनि विद्रोहीको आक्रमणमा चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्