६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बर्दियामा चितुवाको अक्रमणबाट एकको मृत्यु


0
Shares

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले घर नजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको बताउनुभयो ।

घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।