
एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्दार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जोखिमकाबीच अहिलेसम्म १३ हजारको बढीको उद्दार गरिएको बताएका छन् ।
अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको उल्लेख गर्दै उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् ।
बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा पनि गरेका छन् । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनको भनाइ छ ।
अफगानिस्तानमा तालिवानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको आलोचना भइरहेको छ । तालिवानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बताए ।
अमेरिका नेतृत्वमा विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान तालिबानको कब्जामा आएको छ ।
प्रतिक्रिया दिनुहोस्