१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माउतेको पीडा …


0
Shares

डोलराज रानाभाट

चितवन । हिरामन चौधरीले हात्तीको माउते भएर २२ वर्ष विताइसक्नुभएको छ । ६ वर्ष त चितवन राष्ट्रिय निकुञ्जमा काम गर्नुभएका चौधरी त्यस यता युनाइटेड हात्ती संचालन सहकारी सौराहामा कार्यरत हुनुहुन्छ । यही कामबाट छोराछोरी हुर्काएर पढाउनुभयो तर वर्तमानलाई विगतसँग तुलना गर्दा उहाँको आम्दानी भने सर्लक्कै घटेको छ ।

आम्दानी घटेपनि माउतेको पेशाबाट टाढा रहन सकिदैन भन्नुहुन्छ अर्का माउते बीरेन्द्र चौधरी । करिव २६ वर्ष माउतेमा विताइसक्नुभएका उहाँलाई कोरोना संक्रमण फैलनुअघिका दिनहरु सम्झनुहुन्छ । लावालस्कर सहित हुलका हुल पर्यटक घुमाएका ती दिन अव कहिले फर्किएला भन्दै पर्खाइमा हुनुहन्छ ।

करिव ९ वर्ष माउतेमा विताइसक्नुभएका दिपक चौधरी अझैपनि पर्यटकीय गतिविधिले तिव्रता पाउँछ की भनेर आश गर्नुहुन्छ । अहिले कार्यरत माउतेहरुको तलव त घटेको छैन तर पर्यटक घुमाउदा प्राप्त हुने टिप्स लगायतका आम्दानी भने स्वात्तै घटेको छ ।

पर्यटकीय गतिविधि ठप्प भएपछि घरपालुवा हात्तीहरु विक्रि भएका छन । भारतबाट भाडामा ल्याइएका हात्तीहरु पनि फिर्ता गरेपछि माउतेहरुको पेशा समेत संकटमा पर्दै गएको छ । एउटा हात्ती पाल्न एक महिनामा १ लाख जति खर्च लाग्ने व्यवसायीहरु बताउँदै आएका छन्।

तर यतिका खर्च गरेर हात्ती पाल्नुपर्ने वाध्यता रहेकोमा न सरकारले न हात्तीको अधिकारका कुरा गर्ने अभियान्तालेनै सहयोग गरिरहेका छन् । कुनै समय ५२ ५३ हात्ती आवद्ध रहेको युनाइटेड हात्ती संचालन सहकारी सौराहामा अहिले ३० वटामा सीमित रहेको छ । वर्षौँ माउतेमा विताइरहेका उनीहरुको हात्ती संरक्षणमा पनि विशेष दख्खल राख्ने गर्दछन् । तर सरकारका कार्यक्रममा उनीहरुलाई प्राथमिकतामा नराख्दा चिन्तासँगै पलायनको डर बढिरहेकोछ ।