१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानीको सुरक्षाका तथा समस्या सम्बोधन गर्न सार्क मुलुककाे बैठक बोलाउन नेपाली नागरिकको आह्वान


0
Shares

काठमाडौं । अफगानी नागरिकको जिउ धनको सुरक्षा गर्न नेपाली नागरिकहरुले अपील गरेका छन् ।

अफगानिस्तानमा तालीवानीको पछिल्लो गतिविधिले नेपाली जनता जनता त्रसिद भएकाे भन्दै नेपाली नागिरकले अफगानी नागरिकको जिउ धनको सुरक्षा गर्न अपील गरेका हुन् ।

त्यस्तै, नेपाली अफगानीहरूको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न सार्क मुलुकहरुकाे आपतकालीन बैठक बोलाउन नेपाल सरकारसँग आह्वान गरेका छन् ।

नागरिकले मुस्लिम अतिवादी समूह तालिवनले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका पत्रकार, शिक्षासेवी, महिला, बालबालिका, मानव अधिकारकर्मी तथा खुला समाजमा विश्वास गर्ने समूह र व्यक्तिहरूले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगिरहेका भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नागरिकले आवश्यक परेमा नेपाल सरकार देश छाडेर भागेका अफगानीहरूलाई उनीहरूको धर्म र लिङ्गलाई बेवास्ता गर्दै शरणदिन तयार समेत सुझाव सरकारलाई आग्रह गरेका छन् । त्यस्तै, नागरिकहरुले सार्कका अन्य मुलुकहरूले पनि आपतकालीन उपाय खोज्दै अफगानीहरूलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाली नागरिकाे अपीलसहित

अफगानी नागरिकको जिउ-धनको सुरक्षा गर्न नेपाली नागरिकको अपील

अफगानिस्तानमा विकसित राजनीतिक वातावरण देखेर हामी नेपाली नागरिक विक्षिप्त बनेका छौं। मुस्लिम अतिवादी समूह ‘तालिबान’ले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका पत्रकार, शिक्षासेवी, महिला, बालबालिका, मानव अधिकारकर्मी तथा खुला समाजमा विश्वास गर्ने समूह र व्यक्तिहरूले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगिरहेका छन्।

अफगानी नागरिकहरूको जीवनमा आइपरेको यो दु:खद समयमा, विश्वका नेताहरू र आम नागरिकले जिम्मेवारी बोधका साथ उनीहरूको बाँच्न पाउने मानव अधिकारको सुनिश्चितता तथा जिउधनको सुरक्षाका लागि आवाज उठाउँदै समस्या समाधानको उपाय खोज्न हातेमालो गर्नुपर्दछ । अफगानिस्तानमा अहिले देखिएका हृदयविदारक घटना, महिला तथा बालबालिकाहरूले भोग्नु परिरहेको अमानवीय व्यवहार हामी सबैको सामूहिक असफलताको चित्र हो।

अग्रगमन तथा खुला समाजमा विश्वास गर्ने अफगानी नागरिकहरूलाई अहिले तपाईं-हामी सबैको नैतिक, आर्थिक, राजनीतिक, सामाजिक तथा सुरक्षात्मक सहयोग चाहिएको छ। अफगानी सर्वसाधारणको सहयोग र सुरक्षाको चीत्कारलाई विश्व समुदायले तिरस्कार गर्न मिल्दैन, किनभने आतंकवादसँग यी नागरिकहरूको कुनै सम्बन्ध छैन ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले नेपाल सरकारलाई अविलम्ब अफगानीहरूको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न सार्क देशहरूको आपतकालीन बैठक बोलाउन हामी आह्वान गर्दछौं । आवश्यक परेमा नेपाल सरकार देश छाडेर भागेका अफगानीहरूलाई उनीहरूको धर्म र लिङ्गलाई बेवास्ता गर्दै शरणदिन तयार रहनुपर्दछ । सार्कका अन्य मुलुकहरूले पनि आपतकालीन उपाय खोज्दै अफगानीहरूलाई सक्दो सहयोग गर्न हामी आह्वान गर्दछौं।

अपिल गर्ने नेपाली नागरिकहरु:

जगन्नाथ लामिछाने              सरोज रे

प्रेम सापकोटा                   सुष्मा बराली

शीबनाथ यादव                        दावा लोमु शेर्पा     

दीपज्योति श्रेष्ठ                        एनी

डा. बिशाल ढकाल                सौगात वाग्ले

प्रदिप परियार                         केशब बोहरा

आनन्द मिश्र                    शृष्टि अधिकारी

डा. जीवन क्षेत्री                        नबिन सिलवाल

बसन्ती चौधरी                         गणेश बुढाथोकी

सुमन अधिकारी                       कैलाश न्यौपाने

प्रविन केसी                     बसन्ती चौधरी

रोमस खतिवडा                        विश्वास बराल

जानकी घिमिरे अर्याल                  भोला पासवान

रुकमणि महर्जन                       तुसार न्यौपाने

शिला तिम्सिना                        भुवन केसी

शेहनाज बानु