१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो


0
Shares

काठमाडौं । पछिल्लो समय अलैंचीको उत्पादनसँगै निर्यात पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले निर्यातमा पनि वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा अलैंचीको निर्यात ७५ प्रतिशत बढेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गत अर्थिक वर्षमा ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँको ८८ लाख ५७ हजार ३ सय ४२ किलो अलैंची निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

भारतले प्याकेजिङ गरेर पुनः अन्य देशमा पठाउने गरेको छ । नेपालले सिधै पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि तयारी गरिरहेको छ ।