
विकास घिमिरे
धनकुटा । धनकुटाबाट गत आर्थिक वर्षमा ९३ करोडको गोलभेडा निकासी भएको छ ।
१ हजार ४ सय ९१ हेक्टरमा गरिएको गोलभेडा खेतीबाट ९३ करोड ८७ लाख रुपैयाँमा निकासी गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । पकेट क्षेत्र घोषित पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढिमोरङ्ग लगायत जिल्लाका धेरै स्थानमा गोलभेडाको व्यावसायी खेती हुने गरेको छ ।
गाउँ–गाउँमा कृषि सडकले पुगेसँगै पछिल्लो समय मकै, धान जस्ता खाद्य बाली छाडेर किसान गोलभेडा खेतीमा आकर्षित भएका छन् । धनकुटामा उत्पादित गोलभेडा पूर्वका धरान, ईटहरी, विराटनगर, विर्तामोड, काँकडभिट्टा हुँदै काठमाडौं र भारतका बजारसम्म निर्यात हुँदै आएको छ ।
किसान, तरकारी संकलन केन्द्र, सहकारी र व्यापारीहरू भने यहाँको तरकारी उत्पादन र निकासी परिमाण सरकारी तथ्याङ्कभन्दा दोब्बर रहेको बताउँछन् । सरकारले निर्धारण गर्ने कृषि उपजको मूल्य बजारभाउ भन्दा आधा कम हुने भएकाले पनि किसान र व्यापारीले यस्तो दाबी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्