
एजेन्सी । भारतको असम प्रहरीले सामाजिक सञ्जालमा विद्रोही समूह तालिबानको समर्थन गर्ने १४ जनालाई पक्राउ गरेको छ ।
अफगानिस्तानमाथि तालिबानले गरेको कब्जाको समर्थन गर्ने असमका १४ जनालाई शुक्रबार राति स्थानीय प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । आफूहरुले सामाजिक सञ्जालमा आइरहेको भड्काउ टिप्पणीको विषयमा चनाखो भएको स्थानीय प्रहरीले बताएको छ ।
असमको कामरुप, बारपेटा, धुबरी र करीमगंज जिल्लाबाट दुई–दुई जना तथा दरांग, चाचर, हैलकांडी, दक्षिणी सलमारा, गोआलपारा र होजाइ जिल्लाबाट एक–एक जनालाई पक्राउ गरिएको छ ।
राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्