१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुई बालिका बलात्कारको आरोपमा तीन युवा पक्राउ


0
Shares

काठमाडौं । सुर्खेत र रुपन्देहीमा बालिकाहरू बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

सुर्खेतमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै, रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कारको आरोपमा बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ती बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।