
एजेन्सी। मेक्सिकोमा आएको ग्रेस आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्य एकै परिवारका ६ जना रहेको त्यहाँको राज्य सरकारका अधिकारीहरुले बताइएका छन् ।
हावा हुरीसहितको वर्षापछिको बाढीका कारण विद्युत आपूर्तिमा समस्यामा भएको छ । आँधीका कारण मेक्सीकोको भेराक्रुज राज्य बढी प्रभावित भएको छ ।
आँधीका कारण रुख उखलिएका छन् भने सडकमा जलमग्न पानी बगेको छ । मेक्सीकोको पूर्वी क्षेत्रमा ग्रेस आँधीको प्रभाव अत्यधिक मात्रामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
तीव्र गतिको हावा तथा भीषण वर्षाका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्