३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


ओरालो लाग्यो सुनचाँदीको भाउ


0
Shares

gold

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन सुनचाँदीको भाउ ओरालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९ सयमा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन शुक्रबार ४ सयले उकालो लागेर ९१ हजार २ सयमा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रति औंस १७ सय ८० डलरमा कारोबार भइरहेको छ ।