१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनकाे आलाेचना

सेना फिर्ता गर्नु अनावश्यक भएकाे टिप्पणी

0
Shares

एजेन्सी । अफगानिस्तानबाट अमेरिकासहित सहयोगी देशका सेना फिर्ता गर्ने अमेरिकी निर्णयप्रति ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आलाेचना गर्नुभएकाे छ ।

अफगानिस्तानबाट अमेरिका फिर्ता हुनु ‘दुःखद, खतरनाक र अनावश्यक’ भएको ब्लेयरको टिप्पणी छ । अफगानिस्तानबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनको निर्णयप्रति पहिलो पटक प्रतिक्रिया दिँदै ब्लेयरले अमेरिकी र सहयोगी सेना अफगानिस्ताबाट बाहिरिँदा इस्लामिक अतिवादीले जयजयकार गर्ने मौका मात्र पाउने बताउनुभयो ।

सन् २००१ मा अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवनमाथि अलकायदाले गरेको आक्रमणपछि अमेरिकाले सुरु गरेको आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय कारबाहीमा बेलायती प्रधानमन्त्रीरहेका ब्लेयरको पूर्ण साथ रहेको थियो । ‘सँधैका लागि युद्ध अन्त्य गर्ने एक असभ्य नाराको पालना गर्ने’ नाममा गरिएको यो निर्णय अर्थहीन हुने पनि ब्लेयरले चेतावनी दिनुभएको छ ।

आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।