१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभर थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २० कोरोना संक्रमित थपिएका छन् ।

९ हजार ४ सय ४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४७ हजार ४ सय ३३ र एन्टीजेन तर्फ ८० हजार २ सय ९ पुगेको छ ।

कुल संक्रमितमध्ये ३८ हजार ७ सय ५१ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

हाल ३५ हजार ५ सय ५५ जना होम आइसोलेसन र ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ सय २१ जना क्वारेन्टाइन, ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।